Description
हामीभित्र ऊर्जा छ, त्यही ऊर्जाले हाम्रा कोषहरू सक्रिय हुन्छन् । ऊर्जा प्रवाहको मूल केन्द्र हाम्रो मेरुदण्डको सबैभन्दा तलको भागमा छ र त्यही विन्दुमा सुषुप्त अवस्थामा रहेको शक्तिलाई कुण्डलिनी ऊर्जा भनिन्छ । त्यस विन्दूलाई मूलाधार चक्र भनिन्छ । मूलाधार चक्रदेखि मेरुदण्डका अरू ५ केन्द्र हुँदै ऊर्जा सहस्रार चक्रसम्म पुग्छ । मूलाधारदेखि सहस्रारसम्मका सात ऊर्जाकेन्द्रलाई चक्र भनिन्छ ।
चक्रहरू निष्क्रिय भए भने— काममा जाँगर लाग्दैन बल नभएको कमजोर महसूस हुन्छ । कुनै पनि मनोरञ्जनले आनन्द दिन सक्दैन । बोल्न वा केही कुरामा आफू प्रस्तुत हुनुपर्दा डर लाग्छ, आँट पटक्कै आउँदैन, अरू त के आफूसित पनि प्रेम हुन सक्दैन, हार्दिकताको भावना हराएर जान्छ । बोल्न खोज्दा भन्न खोजेको कुरा बाहिर प्रकट गर्न नसक्ने अवस्था हुन्छ । केही कुरा गर्नेमा निश्चय गर्न वा आँटेको काम पूरा गर्न साहस आउँदैन, लक्ष्य लनि वा पूरा गर्न सकिँदैन । दिमाग शून्य अनि डिप्रेसन भएको अवस्था हुन्छ । यस्तो अवस्था आफूमा भएको अनुभव भएमा मेरो शरीरका महत्वपूर्ण शक्तिकेन्द्र वा चक्रहरु निश्क्रिय भएछन् भनेर जान्नुपर्दछ । चक्र जागरण गर्ने साधना गरेपछि चक्रहरुको उपचार हुन्छ । चक्र सक्रिय भएपछि— जीवन पूरै ऊर्जाशील भएर प्रकट हुन्छ । शरीरमा देखिएका अनेकन रोगहरू विस्तारै निको भएर शरीर स्वस्थ हुन्छ र मन पूरै हलुको अनि ताजा हुँदै जान्छ । सबैसित सुमधुर सम्बन्ध कायम हुन थाल्छ । बाेलीमा मधुरता र आकर्षण आउन थाल्छ । इच्छाशक्ति दृढ हुँदै जान्छ । चाहेकाे काम पूरा हुन थाल्छ । ज्ञानका नयाँ पत्रहरु पल्टिन थाल्छन् ।
चक्र हरुको उपचार गर्ने यौगिक विधिको प्रयोग गरी चक्र जागरण गर्न यही २०२५ को जुलाईमा श्रद्धेय रमेश गुरुदेव तथा श्रद्धेय भानु गुरुदेव अमेरिकाको भर्जिनियामा आउँदै हुनुहुन्छ । यसपटक अमेरिकाभरि तथा क्यानडाका साधकलाई एकै स्थानमा राखेर भव्य चक्र विज्ञान, बोध विज्ञान, लय विज्ञान र प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुँदैछ । यसमा सहभागी भई लाभ उठाउन हामी यहाँहरुलाई हार्दिक आह्वान गर्दछौँ । सहभागिताका लागि तलको फाराममा तोकिएको दर्ता शुल्क चुक्ता गरी अनलाइन फाराम भर्नुहुन अनुरोध गर्दछौँ ।