लय भनेको कुनै आवाजको स्वर वा ताल हो । यो ब्रह्माण्ड पूरै संगीतले भरिएको छ । विज्ञानले समेत स्वीकार गरेको अनेकन ब्रह्माण्डमा खरबौँ अर्ब ग्रहहरुको गतिसितै निस्केको आवाजले निश्चित लय बनाएको छ । हाम्रो यजुर्वेदले भनेको छ— ॐ खं ब्रह्म । हाम्रो शरीरमा परब्रह्म परमात्माको अस्तित्वसितै जोडिएर जीवतत्व वा प्राण रहेको छ । हाम्रो शरीरमा अनगिन्ती कोषहरु सक्रिय छन् । शरीरभित्र ब्रह्माण्डमा जस्तै प्रकारको ध्वनि निरन्तर लयबद्ध गुञ्जिरहेको छ । जन्मजात व्यक्तिमा बजिरहेको त्यस लयको बोध नभई यस संसारबाट अधिकांश मानिसहरु हरेक जीवन सकेर मर्छन् र फेरि जन्म लिएर पटकपटक संसारमा आइरहन्छन् । लय विज्ञान साधनाका माध्यमबाट श्रद्धेय सद्गुरुदेवद्वयले साधकलाई उसभित्रको त्यही लयसित उसको चेतना जोड्ने अभ्यास गराइदिनुहुन्छ । अनि साधक यसअघि उसले बोधविज्ञान साधनामा अनुभव गरेको परम शून्यता र शान्तिभित्र बजिरहेको अटूट र शूक्ष्म ध्वनिको लयसँग जीवनभर जोडिन र त्यसमा आनन्दित भइरहन पाउँछ । यस लयको ज्ञान हुनु जीवनको एक महत्वपूर्ण आध्यात्मिक सफलता हो ।
लय विज्ञान के हो भन्ने जान्नका लागि यो भिडियो हेर्नुहोला । https://www.youtube.com/watch?v=0crY_T18WTE
“Laya (Rhythm) refers to the melody or tempo of any sound. The entire universe is filled with music. Science has acknowledged that the universe’s countless planets (trillions and billions) move in a fixed rhythm, creating a harmonious sound. Our Yajurveda states—’Om Kham Brahma’ (Om is the infinite Brahman). In our body, the life force or Prana exists in connection with the Supreme Brahman (Parabrahma) and the Divine Soul (Paramatma). Innumerable cells are active within our body; like in the cosmos, a continuous, rhythmic sound resonates within. Most people in this world live and die without ever realizing this innate Rhythm playing within them, only to be reborn again and again in this cycle of existence.
Through the science of Laya Sadhana (rhythmic spiritual practice), the revered Sadgurudev guides the seeker to connect their consciousness with this inner Rhythm. As a result, the seeker merges with the eternal and subtle sound (Anahata Naad) experienced in the state of supreme void and peace during Bodh Vigyan Sadhana (the practice of enlightenment science). They remain blissfully united with this Rhythm throughout their Life. Realizing this Rhythm is a profound spiritual achievement in one’s journey.”
Notes:

