प्रिय कल्याण मित्रहरु, हरि ॐ !
यो कार्यक्रम जीवन विज्ञानबाट प्रशिक्षक प्रशिक्षण तालिम पूरा गरी हाल प्रयोगशालामा प्रशिक्षण गराइरहनुभएका कल्याण मित्रहरूका लागि सद्गुरुदेवको सानिध्यमा बसेर आफूलाई पुनर्ताजगी गर्ने कार्यक्रम हो । यदि ७ दिन नै सहभागी भई दोहर्याउन चाहनुहुन्छ भने यहाँले पूरा रकम चुक्ता गरी प्रशिक्षक प्रशिक्षण कार्यक्रममा दर्ता गराउनुपर्नेछ । हाल प्रयोगशालामा प्रशिक्षकका रूपमा नियमित सेवा दिइरहनुभएका कल्याण मित्रहरूले भने १५० डलर शुल्क चुक्ता गरेर पुरा ७ दिन कार्यक्रममा सहभागी हुन सक्नुहुनेछ । प्रयोगशालाहरूमा हाल सेवा पुर्याउन नसक्नुभएका मित्रहरुले १५० डलर शुल्क भुक्तान गरेर दुई दिन (जुलाई ३१ र अगष्ट १) मात्र सहभागी हुन सक्नुहुनेछ ।