बाहिरी संसारमा हामीले देखेका कुरा सबै अनित्य छन् । सत्य हामीभित्रको जीवनशक्ति वा आत्मा मात्र हो । शूक्ष्मातिशूक्ष्म भएकाले यसलाई आजसम्म विज्ञानको कुनै आविष्कारले देख्न सकेको छैन । यसलाई हेरेर सुनेर वा छोएर गरिने इन्द्रिय क्रियाकलापबाट जान्न सकिँदैन । यसलाई बन्द आँखाले आफ्ना विचारका तहलाई पन्छाउँदै साधनाबाट भित्री तहमा पुगेरमात्र अनुभव गर्न सकिन्छ । बोध हुनु भनेको द्रष्टाभावले वा तटस्थ भएर चेतनाको अनुभूति गर्ने अभ्यास हो । यही अभ्यासले मनको विराट सीमालाई भत्काइदिन्छ र साधकलाई विचारविहीन परम शून्यता र त्यही शून्यतामा विस्तारित अनन्त शान्तिको अनुभव गराउँछ । ध्यानका माध्यमबाट विचारको तह पार गरेर पुग्न सकिने त्यही शून्यता र शान्तिको तहको स्वज्ञान नै बोधको अवस्था हो । हरेक व्यक्तिले उसभित्रको परम चैतन्य अथवा परमात्मासम्म पुग्न सक्ने प्रवेशद्वार नै बोध वा शून्यताको अवस्था हो । ध्यानबाट आफू र आफ्नो अस्तित्वबारे बोध भएपछि नै व्यक्तिले बाहिरी जगतसित कसरी व्यवहार गर्नुपर्दछ भनेर जान्न र चौतर्फी रुपमा परम सफल जीवनको अभ्यास गर्न सक्दछ । श्रद्धेय सद्गुरुदेवद्वयबाट साधकलाई उसभित्रको यही परम शून्यता र शान्तिसित साक्षात्कार हुन पाउने अभ्यास बोधविज्ञानका माध्यबाट गराउनुहुनेछ ।
बोध विज्ञान के हो भन्ने जान्नका लागि यो भिडियो हेर्नुहोला । https://www.youtube.com/watch?v=FzgJEKdZLwc